बिहीबार, फागुन २८, २०८२

नेपाल बैंकको बजेट गोष्ठी सम्पन्न

मेरोन्यूज २०७९ असार ८ गते १३:१६

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी आर्थिक वर्ष २०७९र८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले २ दिने बजेट गोष्ठी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जेठ ३ र ४ गते काठमाडौंको चन्द्रागिरीमा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, बैंकका सम्पूर्ण विभाग तथा डिभिजन प्रमुखहरु र प्रादेशिक कार्यालय प्रमुखहरु गरी ४२ जनाको सहभागिता रहेको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

प्रधान कार्यालय बजेट तथा योजना विभागले आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागिहरुलाई नेपालको आर्थिक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था र सम्भावनाहरु सम्बन्धि प्रशिक्षण समेत प्रदान गरिएको थियो ।

बैंकले सम्पूर्ण प्रदेशहरुमा प्रदेश स्तरीय बजेट गोष्ठीहरु सम्पन्न गरी सम्पूर्ण शाखाहरुबाट आएका सल्लाह सुझावहरु सम्बन्धमा प्रधान कार्यालयका विभाग तथा डिभिजनबीच छलफल साथै राय सुझावसहित बजेट तथा कार्यक्रमहरु तयार गर्दा त्यसको प्रभावकारिता बढी हुने देखिएकोले यस्ता कार्यक्रमहरु प्रत्येक बर्ष आयोजना गरिँदै आएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ्ग क्षेत्रकै क्रिम तथा युवाजनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मेहनेतले गर्दा नै नैपाल बैंक आज अत्यन्त सबल र प्रतिस्पर्धी बैंकको रुपमा अगाडि आएको विचार व्यक्त गरेका थिए ।
सम्पूर्ण नेपालीहरुमा सरल,सहज र आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै निरन्तर आफ्नो सेवामा समर्पित भई ग्राहकहरुको विश्वास जित्दै देशको आर्थिक बिकासमा महत्वपूर्ण योगदान गर्ने उद्देश्यका साथ बजेट तथा कार्यक्रमहरु तर्जुमा हुने विश्वास समेत उहाँले व्यक्त गरे ।

कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतहरुश्री लक्ष्मण पौडेल,बिश्वराज बराल, प्रकाशकुमार अधिकारी, होम बहादुर खड्का, काठमाण्डौ बैंकिङ्ग अफिस प्रमुख, प्रादेशिक कार्यालय प्रमुखहरु र प्रधानकार्यालयकासम्पूर्ण विभाग तथा डिभिजन प्रमुखहरुको सहभागिता रहेको थियो ।

नेपालभर २१७ शाखाहरु, १७९ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

विगत केहि वर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपाल राज्यभर बैंकिङ्ग सेवाप्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको देखिन्छ ।

प्रतिक्रिया