बहुविवाहको आरोपमा श्रीमान् श्रीमती कारागार चलान

सप्तरी । सप्तरी प्रहरीले बहुविवाह मुद्दाका फरार प्रतिवादी श्रीमान्-श्रीमती पक्राउ गरेको छ । घरमै लुकिछिपी बसेको अवस्थामा सप्तरीको सुरुङ्गा नगरपालिका-३ का ४७ वर्षीय जलेसर यादव र उनकी ४५ वर्षीया पत्नी मञ्जु देवी यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
सिराहाको वस्तिपुर-९ घर भई हाल सुरुङ्गा नगरपालिका-३ बस्ने जलेसरकी जेठी पत्नी असियादेवी यादवको जाहेरी अनुसार उनीहरूलाई अदालतले जनही १ वर्ष कैद र ५ हजार जरिवाना तोकेको थियो ।
बहुविवाह मुद्दामा सप्तरी जिल्ला अदालतबाट २०७३ जेठ २ गते सजाय र जरिवाना तोकेपछि दुवै जना फरार भएका थिए । उनीहरूलाई पक्राउ गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरी जनाएको छ ।
यसैगरी प्रहरीले लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी रुपनी गाउँपालिका-२ कि असिया कुमारी रामलाई पक्राउ गरेको छ । अदालतले ६ महिना कैद ठहर गरी फरार भएकी रामलाई मंगलबार पक्राउ गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
















इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
महान्यायाधिवक्ता कँडेलविरुद्धकाे रिट निवेदनमा ‘कारण देखाउ आदेश’
शेखर गोल्छा पक्राउ
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया