डिभिजन वन कार्यालय बाराद्वारा १० करोड बेरुजु फर्छ्योट

बारा । डिभिजन वन कार्यालय बाराले १० करोड बेरुजु फर्छ्योट गरेको छ । करिब एक दशक पुरानो १६ करोड बेरुजु मध्ये गत वर्षसम्म १० करोड बेरुजु फर्छ्योट गरेको हो ।
१६ करोड बेरुजु मध्ये ९ करोड सव डिभिजन र ईलाका वन कार्यालयहरुमा रहेका काठहरु समय मैं लिलाम नहुँदा लगतमा रकम चढाइएको तर बिक्री नभएका जोखिमयुक्त काठहरुको मात्रै रहेको थियो भने अन्य वन कर्मचारी र विभिन्न संघ संस्था तथा व्यक्तिको नामको पेस्की बेरुजु रहेको वन कार्यालयले जनाएको छ ।
यसैबीच डिभिजन वन कार्यालय बाराले आयोजना गरेको ‘स्वागत तथा फेरी भेटौला’ कार्यक्रममा बाराका डिभिजन वन अधिकृत मञ्जुर अहमदले ३ वर्ष अघि बाराको वन कार्यालय देशभर कै ७७ जिल्ला मध्ये कै सबै भन्दा धेरै बेरुजु हुने कार्यालय मध्येको पहिलो स्थानमा रहेको बताए ।
२०७५ सालमा बारामा तत्कालिन डिभिजन वन प्रमुख सहिँत दुई दर्जन कर्मचारीहरु विरुद्ध एकै पटक अख्तियारमा उजुरी परेको थियो । जस मध्ये केही कर्मचारी विरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता भईसकेको छ भने केही कर्मचारी माथि अख्तियारले अनुसन्धान जारी राखेकोे छ ।
सुकुम्बासी बाहेक पनि केही जग्गा माफियाहरुले बाराको वन क्षेत्रलाई नियोजित ढंगले अतिक्रमण गरेर भौत्तिक पूर्वाधारहरु निमार्ण गरिरहेका छन् । गत वर्ष वन कार्यालयले मानविय अतिक्रमणमा परेको कोहल्वी र जीतपुरसिमराको चकरी क्षेत्रको करिव २ सय हेक्टर वनको जग्गा फिर्ता ल्याएर सो क्षेत्रमा तारबार सहित वृक्षारोपण गरेको छ ।
३ वर्ष बाराको डिभिजन वन प्रमुख भएर सोमवार मात्रै बिदाई भएकाका अहमद बिगतका वन कर्मचारीहरुले नैं व्यक्तिगत लाभमा परेर संस्थाको हित विपरित काम गर्ने गरेको टिप्पणी गरे । स्वागत तथा बिदाई कार्यक्रममा बोल्दै महोत्तरीबाट सरुवा भएर बारा आएका डिभिजन वन अधिकृत बिनोद सिंहले वन जंगल खुला प्राकृतिक सम्पति भएकोले यस्को संरक्षणमा सबै तहका नागरिकको सहयोग आवश्यक पर्ने बताए । उनँले वन जंगल संरक्षणमा आँफु कहिल्यै नचुक्ने प्रतिवद्धता समेत जनाएका छन् ।












Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
प्रतिक्रिया