फाइनल प्रवेशका लागि भोलि नेपाल र युएई भिड्दै

काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई)को भोलि (शुक्रबार) सामना गर्दैछ । मलेसियाको राजधानी कोलालम्पुरस्थित किनरारा ओभरमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ ।
नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान दिनुपर्नेछ । नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।
यता, युएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइलन पुग्ने लक्ष्यमा छ । जारी प्रतियोगितामा युएई लयमा देखिएको छ । समूह ए मा युएईले चार खेलबाट ७ अंक बनाउँदै शीर्षस्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको थियो ।
यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो । यस्तै, दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्नेछन् । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुबै टोली एसिया कपमा छनोट हुनेछन् ।









नबिल बैंक र नेपाल इन बिजनेसबीच एसएमई कर्जा प्रदानबारे सम्झौता
चितवनमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न
सप्तकोशी सिमेन्टले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, बिक्रि प्रवन्धकमा सिद्धार्थ क्यापिटल
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकाेमा एशोसियसनको आपत्ति
इन्डोनेसियामा बाढीमा परी मृत्यु हुनेको संख्या ८४ पुग्यो
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया