जेल परेको कुकुरले तीन महिनापछि मालिक भेट्दा …

मुगु । तीन महिनादेखि डिभिजन वन कार्यालय मुगुमा थुनामा रहेको कुकरले मालिक पाएको छ । २६ फागुन ०७८ मा मुगुम कार्मारोङ गाउँपालिका(१ चितैकुनाबाट घोरल मारेको अभियोगमा मालिक च्याम्पा तामाङसहित उनका छोरा दावा छोर्देन, टासी, छिमेक तामाङ र कुकरलाई १४ चैतमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएका व्यक्तिहरू धरौटीमा छुटेका थिए । तर, कुकुर भने नियन्त्रणमै थियो ।
मालिक छुटे पनि कुकुरलाई भने डिभिजन वन कार्यालय मुगुको थुनामा राखिएको थियो । यस विषयमा विभिन्न सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएका थिए । तर डिभिजन वन कार्यालयले भने कुकुर थुनामा नरहेको र मालिकले लैजान सक्ने भन्दै स्पष्ट पारेको थियो ।
कुकुरको मालिक तीन महिनापछि डिभिजन वन कार्यालयसँग सम्पर्कमा आएपछि जिम्मा लाएर पठाएको डिभिजन वन कार्यालय मुगुका सूचना अधिकारी प्रनिल देवकोटाले बताए ।
कुकर मालिक च्याम्पा तामाङका अनुसार मुगुम कार्मारोङ गाउँपालिका-१ चितैबाट सम्पर्क गर्न असहज भएको बताए । डिभिजन वन कार्यालय मुगुले कुकर लैजाउ भनेर समयमै जानकारी नदिएको तर पनि कुकुर सकुशल रहेको जानकारी पाएपछि लिन आएको उनले बताए । जंगली जनावर चोरी सिकारी आरोपमा उनीहरूविरुद्ध कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावा छोर्देन १२ जेठमा जनही ७० हजार रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् । टासी र छिमेक भने साधारण तारेखमा छुटेका छन् ।
















‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने
‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
प्रतिक्रिया