वर्षा बाधक बन्दा नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका कारण रद्द हुँदा युएई फाइनलमा पुगेको छ।किन्रारा एकेडेमी ओभलमा नेपालको इनिङ्ग्स सकिएलगत्तै वर्षाले रोकिएको थियो। जसका कारण समूहको उपविजेता नेपाल सेमिफाइनलबाट बाहिरिएको छ भने विजेता यूएई फाइनलमा पुगेको छ । यसअघि अश्मिना कर्माचार्यले युएईको ५ विकेट लिएपछि फाइनल प्रवेशका लागि नेपालले ८२ रनको लक्ष्य पाएको थियो।
उत्कृष्ट बलिङ गरेकी अश्मिनालाई म्याच बल दिइएको छ। खेलको नतिजा नआएपछि खेलको प्लेयर अफ दि म्याच भने घोषणा गरिएन।
युएई यसअघि समूहमा अपराजित थियो। समूह विजेता बनेको आधारमा युएईलाई सेमिफाइनलमा विजेता घोषणा गरिएको हो।अर्को सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता मलेसिया र समूह ‘बी’ को विजेता हङकङबीचको खेल केहीबेरमा सुरु हुनेछ । फाइनल खेल भोलि हुनेछ ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया