देउवा र प्रचण्डले गठबन्धन गरेर जाऊ भन्नु भएको छ : नेता नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताएका छन् । पार्टीको केन्द्रीय कमिटी चौथो बैठकलाई सम्बोधन गर्दै उनले गठबन्धनको आवश्यकता रहेकाले निर्वाचनसम्म कायम हुने बताए ।
‘स्थानीय तहको निर्वाचनमा कतिपय पार्टीले धोका दिए, हामीले पनि राम्रोसँग पार्टी परिचालन गर्न नसकेर अपेक्षित परिमाण ल्याउन सकेनौँ, तर पनि गठबन्धन आवश्यक रहेको छ,’ उनले भने, ‘गठबन्धन दलका घटकले मिलेर जाऊ भन्नु भएको छ, प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले पनि विगतमा भएका गल्तीको आत्मालोचना गरेर सङ्घीय निर्वाचनमा पनि गठबन्धन गरेर जाने भन्नु भएको छ ।’
उनले स्थानीय तहमा जनताको मत प्राप्त गरेकाले आत्तिनु पर्ने अवस्था नरहेको बताए । उनले स्थानीय तहमा पाएको मतको आधारमा प्रतिनिधिसभा र प्रदेशसभामा मत बढ्ने बताएका थिए ।
‘हामीले १६५ निर्वाचन क्षेत्रमा जित्ने सम्भव नै छैन,’ उनले भने, ‘तर उम्मेदवार उठाउने स्थिति कहाँ–कहाँ छ, वस्तुनिष्ठ ढंगले मूल्यांकन गर्नु पर्दछ ।’
नेता नेपालले मुलुकमा बढेको महँगी नियन्त्रण गर्नु पर्ने बताए । विपन्न परिवार, गरिब परिवारलाई विशेष सहुलित प्रदान गर्ने कुरा आजको पाँच दलीय बैठकमा भएको बताए ।
‘भ्रष्टाचार र कमिशनका जालो मुलुकमा छ,’ उनले भने, ‘त्यसलाई नियन्त्रण गर्न सक्नु पर्दछ, भ्रष्टाचार नियन्त्रण गर्नका लागि अनुगमन प्रणाली बनाउनु पर्दछ ।’
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया