रिलायन्स लाइफ इन्स्योरेन्सका दुई जना बीमा अभिकर्ता अमेरिका प्रस्थान

काठमाडौँ । मिलिनियम डलर राउण्ड टेवल २०२२ को वार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्सका नमीता न्यौपाने र कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन् । यसपटकको एमडीआरटी कार्यक्रममा अमेरिका जान लागेका नेपालका ३ जना अभिकर्तामध्ये २ जना अभिकर्ता रिलायन्स लाइफका छन् ।
बिमा क्षेत्रमा लागेको केही वर्षमै एकपछि अर्को सफलता प्राप्त गर्दै गइरहेका अभिकर्ता लिडरद्वयलाई रिलायन्स लाइफले केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी शुभकामना साथै बिदाइ गरेको छ । कार्यक्रममा लिडरद्वयलाई राष्ट्रिय झण्डासमेत हस्तान्तरण गरिएको थियो ।
आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले समग्र देश एवं उत्कृष्ट बिमा क्षेत्रको प्रतिनिधित्व गर्दै संसारभरिका उत्कृष्ट बिमा मध्यस्थकर्ताको माझ उपस्थिति जनाउन गएको गर्व गर्दै सो कार्यक्रम तथा भ्रमण क्रममा सिकेका कुरालाई देशमा कार्यरत अन्य बिमा माझ प्रस्तुत गरेर बिमा क्षेत्रको विकासमा योगदान दिन लिडरद्वयलाई अनुरोध गरे । बिमाकर्मी न्यौपानेले आफू सदैव बिमा क्षेत्रको विकासमा लागिरहने बताउँदै यस्तो मौका श्रृजना हुने वातावरण प्रदान गर्न‘ भएकोमा कम्पनीप्रति धन्यवाद जनाए ।
रिलायन्स लाइफका अग्रणी अभिकर्ता न्यौपाने यसअघि तीनपटक एमडीआरटी तथा सीओटीको रुपमा सो कार्यक्रममा छनौट भइसकेकी थिइन् । अर्का अभिकर्ता कमल दाहाल दोश्रोपटक सो कार्यक्रममा छनौट भएका हुन् ।














एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ
Ghedung delegates call on PM Karki
HoR Election: Chief Election Officer Offices to be established today
निर्वाचन आयोग परिसरमा देउवा र गगन पक्षकाे प्रदर्शन, सुरक्षा व्यवस्था कडा
एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
प्रतिक्रिया