आईजीपी नियुक्ति विवादमा सुनुवाइ सुरु, सर्वोच्चले कस्तो देला आदेश ?

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा सरकारी वकिलहरूले बहस सुरु गरेका हुन् ।
यसअघि, गत ५ गते विश्वराज पोखरेल पक्षको बहस गरेका थिए । आज, आईजीपी धीरजप्रताप सिंहको तर्फबाट सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले बहस सुरु गरेका छन् । आईजीपी नियुक्तिमा असन्तुष्टि जनाउँदै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा पाँचौँपटक सुनुवाइ भइरहेको हो । कामु प्रधानन्यायाधीश कार्कीसहितको इजलासमा यो तेस्रो बहस हो ।
आईजीपी नियुक्ति विवाद र एआईजी बढुवाविरुद्ध पूर्वडीआईजी ईश्वरबावु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दायर गरेको रिट लगाउमा राखेर सुनुवाइ भइरहेको छ । सरकारले धीरजप्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । एआईजी पोखरेलले प्रहरी नियमावली मिचेर सरकारले आईजीपी नियुक्ति गरेको भन्दै रिट दायर गरेका थिए ।
















शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया