गायिका दिलमाया मृत्यु प्रकरण : प्रेमी श्रेष्ठलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका प्रेमी सूर्य श्रेष्ठलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
कर्तव्य ज्यानसम्बन्धी कसूरमा अनुसन्धानका लागि उनलाई हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरी वृत्त, बालाजुका डीएसपी गौतम मिश्रले जानकारी दिए ।
शनिबार बिहान पौने ११ बजे सुनार कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । लगत्तै प्रहरीले उनका प्रेमी श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । तर हालसम्म सुनारको मृत्युको कारण खुलेको छैन ।
सिन्धुपाल्चोकको साँगाचोकगढीका श्रेष्ठले दिलमाया झुन्डिएको भनिएको सल महाराजगञ्जस्थित झाडीमा फेला परेको छ । मोबाइल भने अझै भेटिएको छैन । श्रेष्ठले आफूले हत्या नगरेको बताए पनि गतिविधि शंकास्पद पाइएपछि प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
दिलमायाको पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले पोष्टमार्टमसँगै दिलमायाको आत्महत्या वा हत्या भन्ने प्रष्ट हुने बताए ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया