प्रधानमन्त्री र मन्त्री मात्रै इमान्दार भएर देश बन्दैन : मन्त्री चौधरी
मेरोन्यूज
२०७९ असार १४ गते १५:२१

शहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताएका छन् ।
मंगलाबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी मंसिर २१ गते निर्वाचन हुने गरी संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने बताए । उनले सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भए पनि दुई/तीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी रहेको बताए ।
मन्त्री चौधरीले मन्त्री पदमा रहेसम्म इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धतासमेत जनाए । उनले मुलुकलाई सही बाटोमा लैजाने राम्रो भिजन भएको नेतृत्वको कमी रहेको बताए ।
मन्त्री चौधरीले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु मात्रै इमान्दार भएर मुलुक नबन्ने भन्दै सबै नेपाली नागरिक इमान्दार हुनु पर्ने बताए ।
सम्बन्धित
















देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया