नेपाली व्यवसायीलाई चीनको भिसाका लागि पहल गर्न आग्रह

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालमा व्यापार व्यवसायलाई सहजीकरण गर्नका लागि नेपाली उद्योगी तथा व्यवसायीलाई चीनको भिसाका लागि पहल गरिदिन माग गरेको छ ।
महासङ्घले आज बिहान चीनका लागि नेपालका नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठलाई आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा व्यवसायीहरुले नेपालमा सहज रुपमा व्यवसाय सञ्चालनका लागि चीनमा जान रोकिएको भिसा सहजीकरण गर्न माग गरेको हो ।
कार्यक्रममा महासङ्घका अध्यक्ष कुमार कार्कीले केरुङ, तातोपानीलगायतका चीनसँग जोडिएका नेपाली भन्सार नाकामा नेपाली व्यवसायलाई सहज रुपमा आवतजावतको व्यवस्था मिलाउन चीन सरकारसँग पहल गरिदिन आग्रह गरेका थिए ।
“केरुङ, तातोपानीलगायतका नाकामा नेपाली व्यवसायी, चालक तथा सहचालकलाई आवतजावतका लागि सहज वातावरण बनाउनुपर्छ, केरुङ तथा खासामा आइपुगेका सामान बढीमा १० दिनभित्र नेपाली भन्सार नाकामा आइपुग्ने वातावरण बनाउनुपर्छ”, कार्कीले भने ।
महासङ्घले नेपाली सामान केरुङ र खासामा निर्यात गर्दा सहज वातावरण निर्माण गर्नुपर्ने, चीनका विभिन्न सहरमा अध्ययनरत विद्यार्थीलाई चीनमा अध्ययन गर्न सहज वातावरण बनाउनुपर्ने, चीनबाट आयात गरिने आधिकारीक ब्राण्डेड सामान तथा औषधिजन्य कच्चापदार्थको सहजीकरण गर्नुपर्ने, कृषिजन्य रासायनिक मल तथा बीउबिजनको आयातमा सहजीकरण गर्नसमेत माग गरेको छ ।
भेटमा राजदूत श्रेष्ठले व्यवसायीलाई परेको समस्या आम देशवासीको समस्या भएको भन्दै उक्त समस्या समाधानका लागि आफूले सक्दो प्रयास गर्ने बताए । “नाकाभित्र रहेका समस्या समाधान गरी नाकालाई सहज बनाउन मेरो पर्यत्न रहन्छ”, राजदूत श्रेष्ठले भने ।
राजदूत श्रेष्ठले भिसा समस्या समाधानमा पनि आफ्नो प्राथमिकता रहने बताए । “चीनमा स्थापना भएको नेपाली राजदूतावास नेपाली जनताको समस्या समाधान गर्नका लागि स्थापना भएको हो, म नेपालीकै काम गर्न चीन जान लागेको हो, व्यवसायीलाई परेको पिरमर्काको समाधान मेरो उच्च प्राथमिकता हुनेछ”, उनले भने ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष मनोजबाबु श्रेष्ठले चीनसँग जोडिएका नेपाली नाका अवरुद्ध हुँदा नेपाली उद्योगी व्यवसायी ठूलो समस्यामा परेको बताए । चीनमा गएर सामान छानेर नेपाल ल्याउने वातावरण निर्माणमा लाग्न राजदूतसमक्ष उनले अनुरोध गरे ।
महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवाल, सल्लाहकार समितिका सभापति नयनबहादुर पण्डित क्षेत्रीलगायतले नेपाल–चीन सम्बन्धलाई प्रगाढ बनाउँदै नेपाली उद्योगी व्यवसायीको हक, हितमा लाग्न राजदूतसमक्ष आग्रह गरेका थिए ।
विसं २०७३ मा स्थापना भएको महासङ्घमा देशभरका २३ सङ्घ आवद्ध छन् । महासङ्घले देशभर आफ्नो सङ्गठन विस्तार गर्ने लक्ष्य लिएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । उक्त महासङ्घमा हाल देशभरका दश हजार हाराहारीमा व्यवसायी आवद्ध छन् ।















रेडमी नोट १५ फाइभ जी नेपालमा, कति पर्छ मूल्य ?
इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड कार्यक्रम
काभ्रेमा नौ ‘आपाराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता
Two arrested on charges of raping minor
कञ्चनपुरमा सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
समानुपातिकतर्फ करिब ९१ लाख मतगणना हुँदा कुन दलले कति पाए ?
प्रतिक्रिया