१४ वर्षीया किशोरीलाई यौनकर्म गर्न लगाउने ६२ वर्षीय वृद्धसहित ६ जना पक्राउ

काठमाडौं । ताप्लेजुङमा एक १४ वर्षीय किशोरीलाई केही होटल सञ्चालकले राख्ने र यौन कर्ममा लगाएको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले होटल सञ्चालकसहित तीन दिनमा ६ जना पक्राउ गरेको हो।
मंगलबारसम्म तीन होटेल सञ्चालक र तीन ग्राहकसहित ६ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुविरुद्ध मुद्दा दर्ता प्रक्रिया पनि सुरु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डीएसपी) कैलाश राईले जानकारी दिए । उनले भने,‘ पक्राउ परेका मध्येका तीन जनालाई जबरजस्ती करणी (बलात्कार), दुई जनालाई शरीर बन्धक तथा मानव ओसारपसार र एक जनालाई मतियारको रुपमा उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरेको छ ।’
प्रवक्ता राईका अनुसार बालिकाले प्रहरीलाई दिएको सुरुवाती बयानअनुसार सेवाग्राहीबाट लिएको आधा रकम होटल सञ्चालकले राख्ने र आधा उनलाई दिने गरेको थियो । सामान्यतया एक ग्राहकबाट दुई हजारसम्म लिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
पक्राउ पर्नेमा होटलका सेवाग्राही ६२ वर्षीय पुरुष पनि रहेको प्रहरीले जनाएको छ । ती वृद्ध ग्राहकको रुपमा ती किशोरीसँग यौन कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेकाहरुको विवरण गोप्य राखिएको डिएसपी राईले बताए ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया