‘धान दिवस’ मनाइने नेपालमा विभिन्न देशबाट वर्षेनि भित्रिन्छ अर्बौंको धान

काठमाडौं । आज १५ असार अर्थात धान दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आज धान दिवस मनाईदै छ ।
धान दिवस मनाइने नेपालमा वर्षेनी अर्बौं रुपैयाँको धान विभिन्न देशबाट भित्रिने गर्छ । यो तथ्य भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
पछिल्लो एघार महिनामा मात्र विश्वका विभिन्न देशबाट १६ अर्ब ७९ करोड १७ लाख ४९ हजार रुपैयाँको धान नेपाल भित्रिएको पाइएको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिना अर्थात २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको धान नेपालले आयात गरेको हो ।
चालु आर्थिक वर्षमा प्रत्येक महिना औषतमा १ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको धान नेपालले आयात गर्दै आएको छ । धान आयातको गति यही रहे चालु आर्थिक वर्षमा नेपालले करिव साढे १८ अर्ब रुपैयाँको धान आयात गर्ने देखिन्छ ।
पछिल्लो एघार महिनामा नेपालले विभिन्न देशबाट ५४ करोड ५१ लाख १७ हजार २१० केजी धान आयात गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले झन् ठूलो मात्रामा धान आयात गरेको थियो ।
विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नेपालले २० अर्ब ५४ करोड ९९ लाख ९६ हजार रुपैयाँको ६९ करोड ८० लाख ६१ हजार ७२८ केजी धान आयात गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७६/७७ मा १० अर्ब ४७ करोड ९७ लाख १३ हजार रुपैयाँको ५ करोड ७५ लाख ९७ हजार ४६९ केजी र २०७५/७६ मा ६ अर्ब ८४ लाख ६० लाख ५० हजार रुपैयाँको धान विभिन्न देशबाट नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।
धान मात्र होइन नेपालमा विभिन्न देशबाट ठूलो मात्रामा चामल पनि भित्रने गरेको छ । विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो एघार महिनामा २७ अर्ब १२ करोड ७ लाख ९९ हजार रुपैयाँको चामल नेपालले आयात गरेको छ ।
यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ३० अर्ब २३ करोड ६९ लाख ५१ हजार रुपैयाँ, २०७६/७७ मा २३ अर्ब १७ करोड १७ लाख १५ हजार रुपैयाँ र २०७५/७६ मा २५ अर्ब ७४ करोड ९० लाख रुपैयाँको चामल नेपालले आयात गरेको विभागले जनाएको छ ।
















टी–२०विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराईमा कुहिरो,पहाडी भागमा आंशिक बादल
माघ २५ गते बुधबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
आइसीसी टि–२० विश्वकप : भारतको विजयी सुरुवात
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया