कागतीको रिफ्रेसिङ स्वादमा नयाँ स्प्राइट

काठमाडौं । नेपालको लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ्ग ताजा स्वादमा नयाँ स्प्राइट बजारमा ल्याएको छ ।
नयाँ स्वादको स्प्राइट लन्चका सिलसिलामा कोका–कोला नेपालले नयाँ टेलिभिजन विज्ञापन पनि लन्च गरेको छ ।
यस विज्ञापनमा स्प्राइटका ब्रान्ड एम्बेसडर अनमोल केसी फिचर्ड छन् । युवा पुस्ताका लागि लक्षित यो विज्ञापनले ‘स्प्राइटसँग रिफ्रेस्मेन्ट’ भन्ने सन्देश दिँदै दर्शकहरुलाई स्प्राइट पिउन उत्प्रेरित गर्छ ।
कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोका–कोलामा हामी उपभोक्ताहरूको माग र रोजाई अनुसारको स्वाद प्रदान गर्न सँधै प्रयासरत छौँ । स्प्राइटले पहिलेदेखि नै उपभोक्ताहरुको तन र मन दुवैलाई स्फूर्ति प्रदान गर्दै आएको छ ।’
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘कागतीको रिफ्रेसिङ्ग स्वाद भएको नयाँ स्प्राइट लन्च गर्न पाउँदा हामी निकै उत्साहित छौँ । हामीलाई विश्वास छ कि नेपाली उपभोक्ताहरूले नयाँ स्वादको नयाँ स्प्राइट लेमन मन पराईदिनुहुनेछ ।’
नयाँ स्प्राइट विभिन्न साइज र बोतलहरूमा उपलब्ध छ । ग्लास बोतलमा स्प्राइट १७५ मिलि तथा २५० मिलि र पेट बोतलहरूमा २५० मिलि, ५०० मिलि, १ लिटर, १।५ लिटर, २।२५ लिटरको प्याक साईजमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।














पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया