कागतीको रिफ्रेसिङ स्वादमा नयाँ स्प्राइट

काठमाडौं । नेपालको लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ्ग ताजा स्वादमा नयाँ स्प्राइट बजारमा ल्याएको छ ।
नयाँ स्वादको स्प्राइट लन्चका सिलसिलामा कोका–कोला नेपालले नयाँ टेलिभिजन विज्ञापन पनि लन्च गरेको छ ।
यस विज्ञापनमा स्प्राइटका ब्रान्ड एम्बेसडर अनमोल केसी फिचर्ड छन् । युवा पुस्ताका लागि लक्षित यो विज्ञापनले ‘स्प्राइटसँग रिफ्रेस्मेन्ट’ भन्ने सन्देश दिँदै दर्शकहरुलाई स्प्राइट पिउन उत्प्रेरित गर्छ ।
कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोका–कोलामा हामी उपभोक्ताहरूको माग र रोजाई अनुसारको स्वाद प्रदान गर्न सँधै प्रयासरत छौँ । स्प्राइटले पहिलेदेखि नै उपभोक्ताहरुको तन र मन दुवैलाई स्फूर्ति प्रदान गर्दै आएको छ ।’
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘कागतीको रिफ्रेसिङ्ग स्वाद भएको नयाँ स्प्राइट लन्च गर्न पाउँदा हामी निकै उत्साहित छौँ । हामीलाई विश्वास छ कि नेपाली उपभोक्ताहरूले नयाँ स्वादको नयाँ स्प्राइट लेमन मन पराईदिनुहुनेछ ।’
नयाँ स्प्राइट विभिन्न साइज र बोतलहरूमा उपलब्ध छ । ग्लास बोतलमा स्प्राइट १७५ मिलि तथा २५० मिलि र पेट बोतलहरूमा २५० मिलि, ५०० मिलि, १ लिटर, १।५ लिटर, २।२५ लिटरको प्याक साईजमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।















लागुऔषधसहित एक्काइस जना पक्राउ
स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार
पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि
एमालेका अध्यक्ष ओलीलाई पितृ शोक
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
प्रतिक्रिया