गण्डकीका एथलेटिक्स खेल लक्षित रेफ्री र निर्णायक ‘सेमिनार’ सुरु
मेरोन्यूज
२०७९ असार १६ गते ८:५७

पोखरा । गण्डकी प्रदेशका एथलेटिक्स खेल लक्षित रेफ्री र निर्णायकहरु पोखरामा जम्मा भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘सेमिनार’ सुरु भएको हो । प्रदेशमा आयोजना हुने एथलेटिक्सका खेलकुद प्रतियोगिताहरुलाई विवादरहित, ठोस र प्रभावकारी निर्णय दिन सक्ने निर्णायक उत्पादन दिने उद्धेश्यका साथ उक्त कार्यक्रम गरिएको हो ।
तीन दिन सम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य खड्ग बहादुर रानाभाटले निर्णायकहरुमा सर्मपण र अनुशासन हुनुपर्ने बताए । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले प्रदेशमा एथलेटिक्स खेलका गतिविधिहरु बढेसंगै सक्षम निर्णायकहरुको आवश्यकता बढेकोले कार्यक्रम आयोजना गरिएको बताए ।
सेमिनारमा एथलेटिक्सका विज्ञ शुसिल नरसिंह राणाले सहजीकरण गरेका छन् । कार्यक्रममा २५ जनाको सहभागिता रहेको छ ।
सम्बन्धित
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया