गण्डकीका एथलेटिक्स खेल लक्षित रेफ्री र निर्णायक ‘सेमिनार’ सुरु
मेरोन्यूज
२०७९ असार १६ गते ८:५७

पोखरा । गण्डकी प्रदेशका एथलेटिक्स खेल लक्षित रेफ्री र निर्णायकहरु पोखरामा जम्मा भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘सेमिनार’ सुरु भएको हो । प्रदेशमा आयोजना हुने एथलेटिक्सका खेलकुद प्रतियोगिताहरुलाई विवादरहित, ठोस र प्रभावकारी निर्णय दिन सक्ने निर्णायक उत्पादन दिने उद्धेश्यका साथ उक्त कार्यक्रम गरिएको हो ।
तीन दिन सम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य खड्ग बहादुर रानाभाटले निर्णायकहरुमा सर्मपण र अनुशासन हुनुपर्ने बताए । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले प्रदेशमा एथलेटिक्स खेलका गतिविधिहरु बढेसंगै सक्षम निर्णायकहरुको आवश्यकता बढेकोले कार्यक्रम आयोजना गरिएको बताए ।
सेमिनारमा एथलेटिक्सका विज्ञ शुसिल नरसिंह राणाले सहजीकरण गरेका छन् । कार्यक्रममा २५ जनाको सहभागिता रहेको छ ।
सम्बन्धित









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रतिक्रिया