बिहीबार, माघ १, २०८२

आईएमई जनरल इन्स्योरेन्स र काठमाडौँ प्याथ ल्याबबीच सम्झौता

मेरोन्यूज २०७९ असार १६ गते १८:२२

काठमाडौँ । आईएमई जनरल इन्स्योरेन्स र काठमाडौँ प्याथ ल्याब तथा डाग्नोस्टिक सेन्टरबीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आईएमई जनरलका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौँ प्याथ ल्याबकाका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका थिए ।

यस सम्झौतापश्चात आईएमई जनरलका कर्मचारी, शेयरधनी तथा ग्राहकलाई काठमाडौँ प्याथ ल्याब तथा डाग्नोस्टिक सेन्टर महाराजगञ्ज सबै किसिमका सेवामा आकर्षक छुट प्राप्त गर्ने छन् । साथै सोही अवसरमा आईएमई जनरलका कार्यकारी अधिकृत रेग्मीले काठमाडौँ प्याथ ल्याबमा छुट प्राप्त गर्न सक्ने बताए ।

प्रतिक्रिया