फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी

काठमाडौँ । फिलिपिन्सका नवनिर्वाचित राष्ट«पति बोङबोङ मार्कोसको सपथ ग्रहण समारोहमा नेपाली कांग्रेसका नेता विनोद चौधरी सहभागी भएका छन् ।
बिहीबार राजधानी मनिलामा आयोजित भव्य समारोहमा कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य चौधरी सहभागी भएका हुन् ।
नेपालका एक मात्र अरब डलर पति चौधरी नवनिर्वाचित राष्ट«पतिको विशेष निम्तोमा फिलिपिन्स पुगेका हुन् । उनी मार्कोसको सपथ ग्रहणमा दक्षिण एसियाबाटै सहभागी हुने सम्भवत् एक्लो व्यक्ति हुन् ।
उनी नेपाली राष्टि«य पोशाक दौरा सरूवाल र टोपी लगाएर उनी सपथ ग्रहण समारोहमा सहभागी भए । सपथ ग्रहण समारोहमा चौधरी धर्म पत्नीसहित सहभागी थिए ।
नवनियुक्त राष्ट्रपतिलाई बधाई दिँदै नेता चौधरीले नेपाल र फिलिपिन्सको सम्बन्ध बलियो र समधुर बन्ने विश्वास व्यक्त गरे । मार्कोस फिलिपिन्सका १७ अौँ राष्ट«पति हुन् । मार्कोस कांग्रेस नेता चौधरीका साथी हुन् ।
















वाइन उद्योगलाई विशेष सहुलियत दिन उद्योगीको माग
दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
सुदूरपश्चिमको १५ प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
साँखुमा गोली चल्यो
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया