न्यायाधीश कोइरालाको छानविन समितिमा चोलेन्द्रका भाई प्रभुको चर्चा

काठमाडौँ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन २ करोडको डिल भएको अडियो प्रकरण बाहिरीएपछि बनेको न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी नेतृत्तवको छानविन समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रारम्भिक ब्रिफिङ गरेको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार समितिले घटनामा न्यायाधीश राजकुमार कोइरालाको संलग्नता देखिने केही आधारहरु प्राप्त गरेको ब्रिफिङ गरेको छ ।
यस्तै निलम्बित प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाका भाई प्रभुशमशेर जवाराको समेत यो घटना र अन्य घटनाहरुमा समेत बिचौलियाको रुपमा संलग्नता देखिएको ब्रिफिङ समितिले प्रधानमन्त्रीलाई गरेको छ । प्रभुशमशेर जवाराका अन्य थुप्रै सेट्रिमा समेत संलग्ना देखिएको भन्दै उनिमाथि समेत अनुसनधान अघि बढाउनुपर्ने निश्कर्ष छानविन समितिले गरेको छ ।
न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी संयोजक र पाटन उच्च अदालतका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल रहेको छानविन समिति असार ८ गते गठन गरिएको थियो । अडियो प्रकरणमाअधिवक्ता रुद्र पोखरेल आफूले तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा देखि काठमाडौं जिल्ला अदालतका पहिलो नम्बरका न्यायाधीशसम्मलाई मिलाउने आश्वासन दिएको सुन्निछ ।
जसका आधारमा सो घटनामा राणाको संलग्नताबारे समेत छानविन समितिले अनुसनधान गरीरहेको छ । सोही क्रममा उनका भाई प्रभु शमशेरको संलग्नता खुलेको स्रोतको दावी छ । प्रभु शमशेरले अदालतमा सेटिङको राज चलाएको अकुत आर्जन गरेको भनि सम्पत्ति शुद्धिकरण विभागले समेत अनुसन्धान गरीरहेको छ । डा. गोविन्द केसीले समेत उनिमाथि छानविन गरीनुपर्ने माग राख्दै अख्तियारमा उजुरी हालेका थिए ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया