बागमती प्रदेश सरकार परिवर्तन हुँदा गठबन्धनमा असर पर्दैन : इन्द्र बानियाँ
काठमाडौँ । बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेशमा सरकार परिवर्तनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कुनै असर नगर्ने बताएका छन् ।
बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनको तयारी भइरहँदा गठबन्धनलाई कुनै असर नगर्ने उनले बताए । ‘बागमती प्रदेशमा सरकार परिवर्तन गर्दा सत्तारुढ गठबन्धनलाई कुनै असर गर्दैन,’ उनले भने ।
कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँले केही दिनअघि बागमती प्रदेशमा चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति पत्र सार्वजनिक गरेका थिए । बागमतीमा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री छन् । चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति भएपछि पाण्डे मुख्यमन्त्री बनेका थिए ।
गठबन्धनबीच सहमति भए बागमती प्रदेशको मुख्यमन्त्री बानियाँ हुने निश्चित छ । यसबारे छलफल गर्न शुक्रबार नै गठबन्धनका शीर्ष नेताको बैठक बस्दै छ । बागमती र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तनका विषयमा गठबन्धन बैठकमा छलफल हुने भएको छ ।















विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
प्रतिक्रिया