मकवानपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु
मेरोन्यूज
२०७९ असार १७ गते १९:३०
हेटौंडा । मकवानपुरमा भारतीय नम्बर प्लेटको ट्रक दुर्घटना भएको छ । कान्तिलोक पथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका ११ घट्टेपाख नजिकै फलाम बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो कान्तिलोकपथ सडक खण्डमा हेटौँडाबाट ठिंगनतर्फ जाँदै गरेको सि जी ०७ बि एच ५५२७ नम्बरको फलाम बोकेको भारतीय ट्रक सडकबाट अन्दाजी २००–२५० मिटर तल खसेको थियो ।
मृत्यु हुनेमा ट्रक चालक भारतको पटना जिल्ला महाबलिपुर बस्ने ४० वर्षीय सुरेन्द्र यादव रहेको मकवानपुर प्रहरीले बताएको छ । ट्रक चालकको शव गाडीको स्ट्रेरिङमा अड्केर रहेको र ट्रकका सहचालक भारत रौतास जिल्ला दरिहट बस्ने १८ वर्षीय अजित यादव हामफालेर बाचेको जनाइएको छ ।
सम्बन्धित















विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
प्रतिक्रिया