आयोगलाई संघ र प्रदेशको निर्वाचन मिति प्रस्ताव गर्न देउवाको आग्रह
मेरोन्यूज
२०७९ असार १७ गते २०:१५

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति प्रस्ताव गर्न आग्रह गरेका छन् । उनले निर्वाचन आयोगलाई निर्वाचनको मिति प्रस्ताव गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री देउवा र आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको अनौपचारिक छलफलमा देउवाले मिति प्रस्ताव गर्न आग्रह गरेका हुन् ।
आयोगका प्रमुख आयुक्त थपलियाले प्रधानमन्त्रीसँग भेट भएको जानकारी दिँदै निर्वाचन समयमै गर्न सकारात्मक रहेको बताए । आयोगले कात्तिक मसान्तमा निर्वाचन गर्न प्रधानमन्त्रीलाई अनौपचारिक प्रस्ताव गरेको छ ।
निर्वाचनसम्बन्धी कानुन पेश गर्ने विषयमा समेत छलफल भएको जनाएको छ ।
सम्बन्धित
















वाइन उद्योगलाई विशेष सहुलियत दिन उद्योगीको माग
दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
सुदूरपश्चिमको १५ प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
साँखुमा गोली चल्यो
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया