आइतबार, माघ २५, २०८२

आजको मौसम : यी स्थानमा वर्षा हुने

मेरोन्यूज २०७९ असार १८ गते ६:३१

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव देखिएको छ । जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै, देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली र अन्य भागमा आंशिक बदलीदेखि मौसम समान्यता सफा रहने छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सूदुर पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम र अन्य भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया