धम्क्याएर चन्दा असुली गर्ने मोरङका दुई जना पक्राउ

विराटनगर । प्रहरीले उद्योगीलाई धाक धम्की दिँदै चन्दा असुली गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे–६ घर भई हाल विराटनगर महानगरपालिका ४ कञ्चनवारिमा बस्ने ३९ वर्षीय गणेश कुमार कार्की र पथरीशनिश्चरे ६ का २६ वर्षीय विशाल ऋषिदेव रहेका छन् ।
पक्राउ परेका मध्ये कार्की मुख्य गिरोह हुन् । उनले विराटनगर–३ घर भएका उद्योगी ४७ वर्षीय मुकेश शर्मालाई फोनमार्फत धम्की दिँदै पाँच लाख रुपैयाँ फिरौती मागेको प्रहरीको दाबी छ । उद्योगी शर्माको विराटनगर ७ मेन रोडमा अगर बत्तीको उद्योग छ । उनले विगत १८ वर्षदेखि अगरबत्ती उद्योग सञ्चालन गर्दै आएका छन् ।
पक्राउ परेका कार्कीले जेठ १३ गते उद्योगी शर्माको घरमा चिठ्ठी पठाएका थिए । पहिलो दिन स्कुलबाट फर्किएको शर्माको छोरालाई कार्कीले चिठ्ठी दिएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले बताए । राजस्व छली गरेको, कर छलीको गरेको पैसा फिर्ता गर र भ्रष्टाचार नगर्न भन्दै दुई पटक उद्योगी शर्माको घरमा चिठ्ठी पठाएका थिए ।
त्यसपछि फोन मार्फत पटक–पटक डर धम्की दिई फिरौती रकम पाँच लाख मागेको अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले बताए । फिरौती रकम माग गर्ने मुख्य गिरोह कार्कीले आईएमीमा पैसा झिक्न ऋषिदेवलाई पठाएको प्रहरीले जनाएको छ । ऋषिदेवलाई पक्राउ गरेपछि शुक्रवार कार्कीलाई घरदेखि पक्राउ गरेको डिएसपी श्रेष्ठले जानकारी दिए ।
शर्माले पठाएको पैसा पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ६ हसन्दह स्थित रहेको आईएमईबाट कार्कीले ऋषिदेवलाई निकाल्न लगाएको अनुसन्धानबाट खुलेको थियो ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले धम्की र असुलीका कारण अरू पनि पीडित भएको हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै अनुसन्धानको दायरा फराकिलो पारिएको जानकारी दिए । पक्राउ परेका विरुद्ध ठगी तथा आपराधिक लाभअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको डिएसपी श्रेष्ठले बताए ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया