मलेसियामा एनआरटीको अर्को लज्जास्पद हार

काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब न्युरोड टिमले (एनआरटी) टुवाङ याङ तेरुत (टिवाइटी) प्रतियोगिताको दोस्रो खेलमा पनि फराकिलो हार बेहोरेको छ ।
प्रतियोगिताअन्तर्गत शनिबार भएको दोस्रो खेलमा एनआरटी मलेसियन सुपर लिग क्लब पेनाङ एफसीसँग ५–० ले पराजित भयो । एनआरटीलाई पराजित गरेसँगै पेनाङ ले प्रतियोगिताको उपाधि जितेको छ ।
पेनाङ सिटी रंगशालामा पेनाङलाई जित दिलाउन लुकास सिल्भाले चार गोल गरे । यस्तै, अर्को एक गोल सारावानको नाममा रह्यो । लुकासले ४३औं मिनेटमा गरेको गोलबाट पेनाङले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा सारावानले पेनाङको अग्रता दोब्बर पारे ।
यस्तै, दोस्रो हाफमा लुकासले ह्याट्रिक थपेपछि पेनाङले ५–० को सहज जित निश्चित गरेको थियो । लुकासले ६८औं मिनेटमा दोस्रो, ८०औं मिनेटमा ह्याट्रिक र खेलको इन्जुरी समयमा चौथो गोल गरे ।
यसअघि बिहीबार भएको पहिलो खेलमा एनआरटी इन्डोनेसियाको लिग लु क्लबसँग पनि ५–१ ले पराजित भएको थियो ।
एनआरटी अब उतैबाट थाइल्यान्ड जाने तालिका छ । एनआरटीले थाइल्यान्डमा दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ । एनआरटी ‘ए’ डिभिजन लिगको तयारी का लागि प्रि सिजन भ्रमण गएको हो । गत सिजन एनआरटी लिगमा तेस्रो भएको थियो ।









काठमाडौँले चितवनलाई दियाे १४३ रनको लक्ष्य
नबिल बैंक र नेपाल इन बिजनेसबीच एसएमई कर्जा प्रदानबारे सम्झौता
चितवनमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न
सप्तकोशी सिमेन्टले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, बिक्रि प्रवन्धकमा सिद्धार्थ क्यापिटल
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकाेमा एशोसियसनको आपत्ति
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया