बल्खुमा भ्यानले आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु
मेरोन्यूज
२०७९ असार १९ गते १५:४४
काठमाडौँ । काठमाडौँको बल्खुमा आज भ्यानले आमा–छोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ । दुर्घटनामा आमा घाइते भएकी छन् ।
मृत्यु हुनेमा भारत घर भएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुष रहेका छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बालकको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । योगिताको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बा १३ च ६४१९ नम्बरको भ्यानले आज बिहान पौने १२ बजे पैदल हिँडिरहेका आमा छोरालाई एकैसाथ ठक्कर दिएको हो । सवारी साधनसहित चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
















अभिनेता सुनील थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि
अण्डाको मूल्यमा भारी गिरावट
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
गुल्मी–२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती
प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
कस्ताे रहला आज देशभरकाे माैसम ?
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
प्रतिक्रिया