शनिबार, मंसिर १३, २०८२

फुटबल टोलीकी कप्तान रेनुकाको हड्डी भाँचियो

मेरोन्यूज २०७९ असार २० गते १७:०४

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटी प्रशिक्षणको क्रममा घाइते भएकी छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार प्रशिक्षणको क्रममा लडेपछि उनको घाँटीमुनीको बायाँ हड्डी भाँचिएको हो ।

मिडफिल्डर रेनुकाको आज नै शल्यक्रिया हुनेछ । १९औँ एसियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेकी उनलाई घाइते भएपछि ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा लगिएको थियो ।

प्रतिक्रिया