नाडाल अन्तिम आठमा

काठमाडौं । बोटिक भान डर जान्डस्कुपलाई हराएसँगै राफेल नाडालले विम्बल्डनको क्वार्टर फाइलमा टेलर फ्रिट्जको सामना गर्ने भएका छन् । दुई पटकका विम्बल्डन विजेता नाडालले ग्रान्ड स्लाममा ३५०औं जित दर्ता गर्ने क्रममा सोमबार अन्तिम १६ मा जान्डस्कुपमाथि ६-४,६-२,७-६९८-६० को जित निकाले ।
फ्रिट्ज भने जेसन कुबरलाई सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेका थिए । फ्रिट्जले यसअघि इन्डियन वेल्स मास्टर्समा नाडाललाई हराएका थिए । नाडाल कीर्तिमानी २२ पटकका ग्रान्ड स्लाम विजेता हुन् । उनलाई समान २० ग्रान्ड स्लामसहित नोभाक जोकोभिच र रोजर फेडेररले पछ्याइरहेका छन् । ग्रान्ड स्लाममा पुरुष एकलमा सबै भन्दा धेरै जित फेडेररको नाममा छ । उनले चार सय २९ खेल जितेका छन् । त्यस्तै, जोकोभिचले तीन सय ७८ खेल जितेका छन् ।नाडालले गत महिनामा मात्र फ्रेन्च ओपनको उपाधि जितेका थिए ।















नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
‘राइड सेयरिङ’ का एक सय ७५ जना चालकलाई कारबाही
मुस्ताङ भन्सारबाट पौने ६ अर्ब राजस्व सङ्कलन
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया