सुख्खा पहिरो खसेर लाग्दा एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ असार २१ गते १५:३६
काठमाडौँ । सुर्खेतको पञ्चपुरी नगरपालिका ७ डौरीखोला नजिक सुख्खा पहिरो खस्दा एक बटुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको तुर्माखाँद गाउँपालिका ६ रानीवनका अन्दाजी ७८ वर्षीय अमृता जैसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
पहिरोमा परी गम्भीर घाइते ७२ वर्षीय रती कामीको टाउको, निधारमा गम्भीर चोट लागेको छ । उनीहरु अछाम रानीवनबाट कैलालीतर्फ जाँदै थिए । नेपाली सेनाको पश्चिम बेस क्याम्पले हेलिकोप्टरबाट घाइतेको उद्धार गरी वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले पहिरो खस्ने क्रम नरोकिएपछि उद्धारमा कठिनाई भएको बताए ।
सम्बन्धित
















सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया