श्रममन्त्री कुँवर र युएइका राजदुतबीच भेटवार्ता

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबादुर कुँवर र नेपालका लागि संयुक्त अरब इमिरेटस (युएइ) का राजदुत साइद अल नक्विबीच भेटवार्ता भएको छ । राजदुत नक्वि मन्त्री कुँवरलाई भेट्न बुधबार मन्त्रालय पुगेका थिए ।
उहाँहरुबीच नेपाल र युएईबीचको सम्बन्ध अझै मजबुद्ध बनाउने विषयमा छलफल भएको छ । युइएमा काम गर्ने नेपाली श्रमिकका समस्यालाई सहजिकरण गर्ने विषयमा पनि कुराकानी भयो । राजदुत नक्विलाई मन्त्री कुँवरले युएइबाट कामदारको विषयमा कुनै नयाँ प्रस्ताव आएमा दुई देशबीच आपसमा सरसल्लाह गरेर अगाडी बढ्ने जानकारी गराएका थिए। साथै उनले संयुक्त अरब इमिरेटसका ठुला लगानीकर्ताहरुलाई नेपालको पर्यटन उद्योग, हाइड्रोपावर, चिकित्सा शिक्षा, इजिनियरिङ र सेवा क्षेत्रमा लगानी गर्न आव्हान समेत गरेका छन् ।
भेटमा मन्त्री कुँवरले केही समयपछि युएइका मन्त्रीलाई नेपाल भ्रमणमा आउनका लागि निमन्त्रणा पठाउने जानकारी गराएका छन् । युएइका मन्त्रीलाई नेपाल भ्रमणमा बोलाएर त्यहाँ रहेका नेपाली कामदारका समस्या र न्यायको क्षेत्रमा विस्तृत रुपमा छलफल गर्ने योजना भएको मन्त्री कुँवरले बताए ।
युएईका राजदुत नक्विनले आफुलाई समय दिएर भेटवार्ता गर्ने अवसर दिएकोमा मन्त्रीलाई धन्यवाद दिएका छन् ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया