खराब व्याटिङ, क्यानडासंग नेपालको हार

काठमाडौं । खराब ब्याटिङका कारण नेपाल घरेलु टोली क्यानडाविरुद्धको एकदिवसीय खेलमा ८३ रनले पराजित भएको छ ।
बुधबार राति किङ सिटी स्टेडियममा १८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटियो ।
नेपालका ब्याटर देव खनालले सर्वाधिक २६ रन बनाए । पवन सर्राफले १४, विनोद भण्डारी, बसिर अहमेद र आदील आलम समान १३ रन, कप्तान सन्दीप लामिछानेले ११ रन बनाए ।
रोहित पौडेल ६, करण केसी ५, कुशल भुर्तेल १ रनमा आउट हुँदा दिपेन्द्र सिंह ऐरी र आरिफ शेख खाता खोल्न सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाउदै १८८ रनको योगफल तयार पारेको थियो ।
क्यानडाका लागि श्रेयस मोभाले सर्वाधिक ५० रन बनाए । यस्तै, आरोन जोनसनले ४४, अमर खालीदले ३० रनको योगदान गरे ।
नेपालका कप्तान सन्दीपले ३ विकेट लिए । यस्तै, दीपेन्द्र ऐरीले २ तथा बसिर अहमेद, किशोर महतो,करण केसी र आदील आलमले समान एक विकेट लिए ।
यस अघि अघिल्लो एकदिवसीय खेल भने वर्षाको कारण स्थगित भएको थियो ।
अब, नेपाल आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्न स्कटल्यान्ड प्रस्थान गर्नेछ । जहाँ नेपाल, आयोजक स्कटल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ ।
















पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया