प्रदेश १ मा परिणाममुखी बजेट आएको छ : स्वास्थ्य मन्त्री यादव

काठमाडौं । प्रदेश १ स्वास्थ्य तथा जनसंख्या मन्त्री जयनन्द यादवले प्रदेश सरकारले स्वास्थ्यमा परिणाममुखी बजेट विनियोजन गरेको दाबी गरेका छन् । प्रदेश १ स्वास्थ्य निर्देशनालय र स्वास्थ्य पत्रकार मञ्च नेपालले विराटनगरमा आयोजना गरेको प्रदेश स्वास्थ्य समिक्षा कार्यक्रममा बोल्दै मन्त्री यादवले बजेट जथाभावी छर्ने काम नगरेको बताए ।
‘आवश्यक ठाउँको लागि बजेट विनियोजन भएको छ ।’ उनले भने ‘परिणाम मुखी बजेट सरकारले ल्याएको छ ।’
प्रदेश १ सरकारको कुल बजेटको ९ प्रतिशत बजेट स्वास्थ्य क्षेत्रलाई छुट्याएको जानकारी दिए । ‘स्वास्थ्यमा भण्डै ४ अर्व बजेट विनियोजन भएको छ ।’ उनले भने ‘यो प्रदेश १ सरकारको कुल बजेटको ९ प्रतिशत हो ।’
केन्द्रिय सरकारले यस वर्ष ५ दशमलव ५ प्रतिशत मात्र बजेट स्वास्थ्यमा विनियोजन गरेको छ । प्रदेश १ को स्वास्थ्य सेवा सुधार गर्न स्थानिय तहका हरेक वडामा स्वास्थ्य चाकी देखी आवश्यक स्थानमा वर्थिङ्ग सेन्टर स्थापना भइरहेको बताए ।
उनले सरकारले उपलब्ध गराउने नि:शुल्क स्वास्थ्य सेवा जनतालाई थाहा नै नभएको र त्यस विषयमा जनचेतना जगाउनुपर्नेमा जोड दिए ।
मन्त्रालयका सचिव डा.अनुज भट्टचनले प्रदेश १ सरकारले जनशक्ति व्यवस्थापनमा चुनौती भोगिरहेको बताए ।
जनशक्ति व्यवस्थापनको लागि संगठन व्यवस्थापन सर्भेक्षण गरी अगाडी बड्ने जानकारी दिए ।
प्रदेश १ स्वास्थ्य निती, ७ वर्षे रणनिती लगायतका कानुन बनाउने चरणमा रहेको समेत जानकारी दिए ।
‘प्रदेश स्वास्थ्य मन्त्रालय नया संरचना हो ।’ उनले भने ‘हामी मन्त्री सचिव नै पहिलो नेतृत्व हो, एन नियम कानुन नै छैनन त्यसमा काम गरीरहेका छौ ।’
नितिगत काम संगै सेवा प्रबाहको काममा अगाडी बढीरहेको बताए । ।
मञ्चका महासचिव भिषा काफ्लेले स्वास्थ्य क्षेत्रका निति नियम बन्दा देखी नै स्वार्थ समुहको हाबी हुने गरेको बताए ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया