पदाधिकारी टुंगो लगाउन प्रचण्डले मागे समय
मेरोन्यूज
२०७९ असार २३ गते १७:१३

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदाधिकारी टुंगो लगाउन समय माग गरेका छन् । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले छिट्टै पदाधिकारी टुंग्याउने भन्दै समय माग गरेका हुन् ।
प्रचण्डले आफूले दुई–चार दिनभित्रै आवश्यक होमवर्क गरेर पदाधिकारीमा टुंगो लगाउने बताएका हुन् । माओवादीको केन्द्रीय समिति बैठकमा पदाधिकारी टुंगो लगाउन नेताहरुले नेतृत्वलाई दबाब दिएका थिए ।
सोहीअनुसार प्रचण्डले दुई दिनसम्म आन्तरिक छलफल गरेका थिए । माओवादीको स्थायी कमिटी ४१ र पोलिटब्युरो १५६ सदस्यीय बनेको छ । माओवादीको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु भएको थियो ।
सम्बन्धित
















पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया