सवारी दुर्घटनामा परी इजिप्टमा ८ को मृत्यु, ४४ घाइते
मेरोन्यूज
२०७९ असार २३ गते २१:२३
काठमाडौँ । सवारी दुर्घटनामा परी इजिप्टमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । बिहीबार भएको घटनाका कारण अरु ४४ जना घाइते भएको अधिकारीले जनाएका छन् ।
घाइतेको स्थानीय अस्पतालमा उपचार गराइएको छ । उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको पनि जनाइएको छ । दक्षिणी इजिप्टमा ट्रक र बस एक आपसमा ठोक्किँएर दुर्घटना भएको अधिकारीले जानकारी दिएका छन् ।
दुर्घटनामा परेको बसमा ५६ जना यात्रु थिए । उनीहरू सुडानबाट आएका हुन । दुर्घटनामा परेका अधिकांश सुडानका नागरिक नै रहेको जनाइएको छ ।
ट्राफिक नियमको कार्यान्वयनमा कमजोरी, बाटोको नराम्रो अवस्था, मर्मत नगरिएका सवारी साधनको प्रयोगलगायतका कारणले इजिप्टका सवारी दुर्घटना धेरै हुने गरेका छन् ।
सम्बन्धित















कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन
विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया