सशस्त्र प्रहरीको नियमावली संशोधन, एसएसपीमा बढुवा हुने अवधि घट्दै

काठमाडौँ । सशस्त्र प्रहरी बलमा कार्यरत रहेका एसपीलाई बढुवा हुन चार वर्षे प्रावधान हट्ने भएको छ । एसपीबाट एसएसपीमा बढुवा हुन चार वर्ष पुग्नु पर्ने अनिवार्य प्रावधान हटाउँदै तीन वर्ष कायम गरिएको हो ।
गत मंगलबार बसेको मन्त्रिपरिषदमा सो प्रस्ताव पठाएको हो । तर, संशोधन भइसकेको छैन । तीन वर्ष सेवा अवधि पूरा गरेको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सशस्त्र वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमा बढुवा हुन योग्य हुने गरी गृहले सशस्त्र प्रहरी नियमावली ०७२ संशोधनको प्रक्रिया अघि बढाएको छ ।
गृहका अनुसार बढुवासँग सम्बन्धित संशोधन गर्न लागिएको नयाँ प्रावधान एसपीको हकमा मात्रै हो । अन्य पदको हकमा पुरानै प्रावधन लागू हुनेछ । हाल कार्यान्वयनमा रहेको प्रावधानअनुसार सशस्त्र प्रहरी निरीक्षकदेखि एसपीसम्मको पदबाट माथिल्लो पदमा बढुवा हुन चार वर्ष सेवा अवधि पूरा गरेको हुनुपर्छ ।
‘एसएसपीको चार वर्षे प्रावधान मात्रै घटाइएको हो, यो प्रस्ताव मंगलबार मन्त्रिपरिषदमा पुगेको छ’, मन्त्रालय स्रोतले भन्यो । नियमावली संशोधन भए एसपीबाट एसएसपीमा बढुवा हुन अब तीन वर्ष मात्रै सेवा अवधि पूरा गरे पुग्छ ।
संशोधित नयाँ प्रावधानबाट १ चैत ०६९ मा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएका अधिकृतलाई फाइदा पुग्ने छ । यस ब्याचका प्रहरी अधिकृत १५ चैत ०७५ मा डीएसपीबाट एसपीमा बढुवा भएका थिए । गृहले सशस्त्र प्रहरीको अवकाश अवधि पनि संशोधन गर्न लागेको छ ।
‘सशस्त्र प्रहरी नियमावली संशोधन भए पनि एसपीबाट एसएसपीका लागि नयाँ व्यवस्था लागु हुने छ, अब अर्कोपटक बस्ने मन्त्रिपरिषद बैठकले नियमावली पास गर्ने छ’, स्रोतले भन्यो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संगठन संचालनका लागि नियमावलीका कारण परेका विविध अप्ठयारा र संगठनका जवानदेखि अधिकृतसम्मले राखेका माग सम्बोधनका लागि नियमावली संशोधन प्रस्ताव गृह मन्त्रालयमा पठाएका थिए । तर, प्रहरीको भने कुनै पनि नियमावली संशोधन भएको छैन ।
सशस्त्र प्रहरी बल नेपालमा कार्यरत सुरक्षाकर्मीको वृत्ति विकास एवं जनशक्ति व्यवस्थापनसम्बन्धी केही अधिकार कटौती गरी गृह मन्त्रालय मातहत ल्याउन नियमावली हेरफेर गर्न लागिएको थियो । तर, अहिले त्यता ध्यान नदिएको मन्त्रालय स्रोतले जनाएको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया