श्रीलंका : प्रदर्शनकारीले निवास घेरेपछि भागे राष्ट्रपति गोटाभाया राजापक्ष
मेरोन्यूज
२०७९ असार २५ गते १३:४३

काठमाडौं । श्रीलंकाका प्रदर्शनकारीहरुले निवास घेराउ गरेपछि राष्ट्रपति गोटाभाया राजापक्ष भागेका छन् । न्युज एजेन्सी एएफपीका अनुसार कोलम्बोस्थित निवासलाई प्रदर्शनकारीहरुले घेरेपछि उनी भागेका हुन् ।
श्रीलंकामा आर्थिक संकट सुरु भएपछि शनिबार राजधानी कोलम्बोमा सबैभन्दा ठूलो प्रदर्शन गरिएको थियो । प्रहरीले भीडलाई तितरबितर गर्न अश्रुग्यास प्रहार गरेको सञ्चारमाध्यमहरुले जनाएका छन्। त्यसलगत्तै सरकारी निवास छाडेर राष्ट्रपति राजापक्ष निवास छाडेर भागेको समाचार आएको हो ।
आर्थिक संकटमा परेको श्रीलंकामा निरन्तर रुपमा सरकार विरोधी प्रदर्शन हुँदै आएका छन् । राजनीतिज्ञहरुले अर्थतन्त्रलाई राम्रोसँग सञ्चालन गर्न नसकेको भन्दै उनीहरु प्रदर्शनकारीको निसाना पर्दै आएका छन् ।
सम्बन्धित
















सात वर्षीय बालकले राखे कीर्तिमान
इरान–अमेरिका तनावबीच मस्को दौडधुप
Man killed in wild boar attack
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया