कवि संगीत श्रोतामाथि यौन दुर्व्यवहार आरोप, पीडितले लिइन् यी व्यक्तिको नाम
मेरोन्यूज
२०७९ असार २५ गते २१:३९

काठमाडौँ । लेखक तथा कवि संगीत श्रोताले लेखक तथा स्तम्भकार सरिता तिवारीलाई यौन दुर्व्यवहार गरेको सार्वजनिक भएको छ । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ बसेर श्रोताले यौन दुर्व्यवहार गरेको बताएकी हुन् ।
लाइभका क्रममा उनले घटनासँग जोडिएका विभिन्न व्यक्तिहरूको नाम लिएकी थिइन् । उनले आफ्नो कविता संग्रहको सम्पादनको क्रममा ०७२ सालमा संगीतले यौन दुर्व्यवहार गरेको बताएकी छन् ।
लेखक तिवारीले घटनामा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईको नामसमेत दिएकी छन् । उनले मानुषी यमीले आफूलाई श्रोताको पक्ष लिँदै दबाब दिएकी बताएकी छन् ।
यस्तै, विनोदविक्रम केसी, मनोज खतिवडालगायतहरूको नाम लिएकी थिइन् । संगीतले आफूलाई दिदी भन्दै यौन दुर्व्यवहार गरेको बताएकी छन् ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया