आज बकर इद, सार्वजनिक बिदा
मेरोन्यूज
२०७९ असार २६ गते ६:५४

काठमाडौं । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद(इदुल जोहा) । देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक यो पर्व मनाइँदैछ । सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।
इस्लामिक पात्रो हिजारी सम्वत अनुसार नयाँ वर्षको १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिन्छ । आज मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।
आज दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायतमा भीड लाग्छ ।
हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।
सम्बन्धित














पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
झापा सवारी दुर्घटना : दुई जनाको मृत्यु, ११ घाइते
ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया