युवकसँग होलटमा बसेकी सदीक्षा मृत फेला, युवक फरार
बुटवल । युवकसँग होटलमा बास बस्न गएकी युवती मृत अवस्थामा फेला परेकी छन् । युवक सम्पर्कविहीन भएकाले मृत्युको कारण खुल्न सकेको छैन ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार बुटवल उपमहानगर ३ मा रहेको होटलमा बुटवल २ कि २१ वर्षीया सदीक्षा गुरुङ झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
शुक्रबार राति एक युवकसँग होटलमा आएर बसेकी उनलाई शनिबार मध्याह्न कोठा चेकआउट गर्न भन्दै जाँदा होटल साहुले मृत अवस्थामा देखेका थिए । उनले प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेर शव निकालेको हो ।
‘ती युवती र युवक राति साढे १० बजे होटलमा गएको खुलेको छ, युवकले राति नै बिल तिरेर गएको र पछि चेक आउट हेर्न जाँदा युवती झुण्डिएको भन्दै राति १२ बजे होटल सञ्चालकले फोन गर्नु भएको थियो,’ प्रहरी नायब उपरीक्षक केसीले भने ।
शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको केसीले बताए । सँगै गएका युवकको अहिलेसम्म पहिचान नभएको र अनुसन्धान भइरहेको उनले बताए ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया