जापानमा सत्तारूढ गठबन्धनको दुई तिहाई जित

एजेन्सी । जापानमा सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी र गठबन्धनले दुई तिहाइ बढी सिटमा जित निकालेको छ । आइतबार भएको माथिल्लो सदनको चुनावमा सत्ता गठबन्धनले दुई तिहाई बढी सिटमा जित निकालेको हो ।
न्युयोर्क टाइम्सका अनुसार १२५ सदस्यीय माथिल्लो सदनमा सत्तारूढ गठबन्धनले ७० प्रतिशतभन्दा बढी सिट जितेको छ।
चुनावको अन्तिम औपचारिक परिणाम केही समयपछि सार्वजनिक गरिनेछ।
लिबरल डेमोक्र्याटिक पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली हानी हत्या गरिएको दुई दिनपछि भएको चुनावमा मतदाताले आबेप्रति सहानुभूति देखाउँदै उनको दललाई मत हालेको देखिन्छ।
चुनावी अभियानका क्रममा शुक्रबार बिहान दक्षिण पश्चिम जापानको नारा सहरमा आबेमाथि गोली हानिएको थियो। दोस्रो विश्वयुद्धपछि जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री भएका आबेको डेमोक्र्याटिक पार्टीमा बलियो प्रभाव थियो।
माथिल्लो सदनमा पनि दुई तिहाइ बहुमत पाएपछि अब जापानको सरकारले संविधान संशोधन गर्न सक्नेछ। तल्लो सदनमा पनि गठबन्धनको दुई तिहाइ बहुमत छ।
जापानमा दोस्रो विश्वयुद्धपछि अमेरिकाले तयार पारिदिएको शान्तिवादी संविधान छ।















कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन
विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
प्रतिक्रिया