पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्राे छैनः एमाले

काठमाडौं । एमालेले नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्राे नभएको निष्कर्ष निकालेको छ ।
सत्ता गठबन्धन भत्काउन कुनै गाह्राे नभएको निष्कर्ष निकाले पनि एमालेले अन्तरपार्टी निर्देशन-४ मार्फत तत्काल त्यसतर्फ नलागेर भरपर्दो सहयात्री खोज्ने समेत जनाएको छ ।
‘राजनीतिक नैतिकता र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमारेखाहरूलाई बिर्सिदिएर सत्ताका लागि मात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्राे छैन तर तत्कालको स्वार्थपूर्तिका लागि टाउको गन्ती गर्नेतिर होइन, हाम्रो ध्यान आफ्नो गन्तव्यलाई केन्द्रबिन्दुमा राखेर त्यसका लागि भरपर्दो सहयात्रीलाई खोज्ने कुरामा केन्द्रित हुनुपर्छ,’ अपानिमा भनिएकाे छ ।
एमाले अध्यक्ष केपी ओलीले गठबन्धनको मनोवैज्ञानिक त्रासबाट मुक्त हुन पनि आग्रह गरेका छन् । ‘गठबन्धन रहिरहेसम्म हामी केही गर्न सक्दैनौं या नयाँ गठबन्धनबिना हामी अगाडि बढ्नै सक्दैनौं भन्ने मनोविज्ञानलाई बदल्न जरुरी छ,’ ओलीद्वारा जारी अपानिमा भनिएको छ, ‘हाम्रो पङ्क्तिलाई आफ्नाे शक्तिमाथि भरोसा दिलाउन जरुरी छ, आत्मविश्वास बढाउन जरुरी छ ।’
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया