देउवाले एकलौटी गरेको भन्दै सानेपामा कांग्रेस कार्यकर्ताको विरोध प्रदर्शन
मेरोन्यूज
२०७९ असार २७ गते १३:४३

काठमाडौं । पार्टीका भ्रातृ संगठनहरूमा सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै शेखर कोइराला पक्षधर कांग्रेस कार्यकर्ताले सोमबार केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन र नाराबाजी गरेका छन् ।
नेविसंघका विद्यार्थीहरूले परिवर्तनकारी विधान कार्यान्वयनको माग राख्दै भ्रातृ संस्थाको तत्काल वैधानिक पूर्णता माग गरेका हुन् । प्रदर्शनमा तरुण दलका कार्यकर्ता पनि सहभागी थिए ।
‘हामी केही जान्दैनौं, एकाधिकार मान्दैनौं’ भन्दै कार्यकर्ताले केन्द्रीय कार्य समिति बैठकअघि नाराबाजी गरेका हुन् । उनीहरूले बैठकमा सहभागी हुन गएका नेताहरूलाई पनि आफ्ना माग सुनाएका छन् ।
भ्रातृ संगठनलाई जीवित गर्न र पार्टीको विधान लागू गर्न उनीहरुले माग गरेका हुन् । प्रदर्शनकारी समक्ष पुगेका केन्द्रीय सदस्य नैनसिंह महरले भ्रातृ संगठनहरूको कुरा आफूले बैठकमा उठाउने आश्वासन दिए ।
सम्बन्धित
















चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया