ओली भेट्न बालकोट पुगे चिनियाँ नेता लिउ

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटका लागि बालकोट (भक्तपुर) पुगेको छ । भ्रमणको तेस्रो दिन आज उनी एमालेका अध्यक्ष ओलीसँग लन्च मिटिङ गर्ने गरी बालकोट पुगेका हुन् ।
बिहान १० बजे उनी ओलीको निवास पुगेका थिए । भेटमा एमालेबाट विष्णु रिमाल, प्रदीप ज्ञवाली लगायतका नेताहरु पनि सहभागी छन् । भेट सकेपछि लिउको सम्मानमा ओलीले आफ्नै निवासमा लन्च कार्यक्रम राखेका छन् ।
ओली सँगको भेटपछि उनले मंगलबार ९आज० दिउँसो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र पूर्वप्रधानमन्त्री झलनाल खनाललाई पनि भेट्ने कार्यक्रम छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर लिउ बेइजिङ फर्कने कार्यक्रम छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागको नेतृत्व सम्हाल्नेबित्तिकै पहिलो विदेश भ्रमणका रूपमा आइतबार नेपाल आएका लिउले नेपालका राजनीतिक दलहरुका नेताहरुसँग गरिरहेको राजनीतिक भेटवार्तालाई निक्कै अर्थपूर्ण रुपमा लिइएको छ ।
उनले सोमबार मात्रै माओवादी केन्द्रका नेताहरुसँग भेटघाट गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा लिउ नेतृत्वको टोलीले माओवादीका नेताहरुसहित झण्डै २ घण्टा सामुहिक र त्यसपछि केही समय अध्यक्ष प्रचण्डसँग एक्लाएक्लै पनि संवाद गरेका थिए । त्यसपछि प्रचण्डले उनको सम्मानमा सोल्टी होटलमा रात्री भोज दिएका थिए ।
उनले प्रधानमन्त्री शेरवहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई काठमाडौं ओर्लेकै दिन भेट गरेका थिए ।
ओलीसँग चिनियाँ नेताका भेटका तस्विरहरु



















झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन
के तपाइकाे परिवारमा कसैकाे शरिर काँप्छ ? यी हुन् शरीर काप्ने १० कारण
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
कोइलाखानी विस्फोटन घटना : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया