सोमबार, माघ २६, २०८२

सभापति दिनुपर्ने माग राख्दै एमालेद्वारा लेखा समिति बैठक बहिस्कार

मेरोन्यूज २०७९ असार २८ गते १४:३१

काठमाडौँ । सभापतिको राजीनामा माग्दै एमालेले संसदको लेखा समिति बैठक बहिस्कार गरेको छ । मंगलबार बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो ।

बैठकमा एमाले सांसदहरू विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए । दुवै सांसदले लेखा समितिको नेतृत्व विपक्षी दलको हुनु पर्नेमा त्यसो नभएकाले सरकारमा गएको एक वर्षसम्म सत्तापक्षले सभापति नछोडेको भन्दै प्रश्न उठाए । त्यसपछि एमाले सांसदहरु बैठक छाडेर हिँडे ।

मंगलबार लेखा समितिमा वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो । ‘विगत एक वर्षदेखि समिति सरकारको काम कारबाहीमा पूरै बेखबर जस्तो छ, विगतम हाम्रो सरकार हुँदा बाक्लै बैठक बस्थे,’ समिति बैठकमा विशाल भट्टराईले भने, ‘यसलाई उचित मान्न सकिन्न, राष्ट्रलाई क्षति भयो, लेखा समिति छ कि छैन जस्तो भयो यो देशमा, सरकारले गरेको खर्चको परीक्षण सरकारले नै गर्ने कुरा ठिक भएन, हामी आश्चर्यचकित भएका छौँ, लेखा समिति विपक्षलाई दिनै पर्छ ।’

सभापति फेरिएपछि मात्रै लेखा समितिको काम कारबाहीमा भाग लिने एमालेको अडान छ ।

प्रतिक्रिया