तत्कालीन गाविस सचिवविरुद्ध साढे ७ लाख रुपैयाँ भ्रष्टाचार मुद्दा दायर
मेरोन्यूज
२०७९ असार २८ गते १७:१६

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको साविक सलेमपुर गाविसका तत्कालीन सचिव ध्रुव नारायण झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनले सर्वाजनिक सम्पत्ति नोक्सानी गरी भ्रष्टाचार गरेको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
दायर गरिएको मुद्दामा झासँग ७ लाख ५१ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । उनले विभिन्न योजना कार्यान्वयन एवं सेवा प्रवाहमा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान हुँदा तत्कालीन गाविस झाले ७ लाख ५१ हजार रुपैयाँ विभिन्न व्यक्तिको नाममा निकाली सरकारी रकम हिनामिना गरेको पुष्टी हुन आएको अख्तियारले विज्ञप्ति जारी गरी जनाएको छ ।
सम्बन्धित
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया