बसन्त चौधरीले पाए ‘छिन्नलता’ गीत पुरस्कार

काठमाडांै । कवि तथा गीतकार बसन्त चौधरीले २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’ पाएका छन् । असार २६ गते राजधानीमा वरिष्ठ गीतकार रमोलादेवी शाह (छिन्नलता)को १०० औँ जन्मजयन्ती तथा ४० औँ छिन्नलता गीत पुरस्कार समर्पण समारोहबीच गीत रचनाको विधातर्फको पुरस्कार तथा सम्मान चौधरीलाई प्रदान गरिएको हो ।
प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गीतकार चौधरीलाई दोसल्ला ओढाई सम्मान गर्दै पुरस्कार प्रदान गरेका थिए । नेपाली भाषाका ६ वटा र हिन्दी भाषाका २ वटा गरी उनले आठ वटा एल्बम ल्याइसकेका छन् ।
कविता रचनामा विशेष रुचि राख्ने चौधरीले नेपाली संस्कृति र कलाको विस्तारमा विश्वका २१ वटा सहरमा गीत तथा कविताका कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छन् । उनलाई देशको समृद्धिका निम्ति गरेका योगदानले स्वदेश तथा विदेशका महत्वपूर्ण सम्मान प्राप्त भइसकेका छन् ।
नेपाली गीत संगीतप्रति श्रद्धाभाव राखी देश सेवामा समर्पित रहेका चौधरीको उच्च सम्मान गर्दै २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’बाट उनलाई सम्मान गरिएको छिन्नलता गीत पुरस्कार गुठीले जनाएको छ ।

सो समारोहका बीच गुठीले २०७६, २०७७ र २०७८ सालका छनौट भएका स्रष्टा तथा सर्जकहरुलाई छिन्नलता गीत पुरस्कार तथा सम्मानहरु पनि प्रदान गरेको थियो । २०७८ सालको छिन्नलता पुरस्कार पाउनेमा गीतकार चौधरीसहित संगीत रचनातर्फ आनन्द राई र गायनतर्फ पवित्र सुब्बा रहेका छन् । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभाको पुरस्कार गायिका एलिना चौहानले पाएकी छिन् भने विशेष सम्मान वरिष्ठ संगीतकार कर्म योञ्जनलाई गरिएको छ ।
यसैगरी, २०७६ सालका लागि छिन्नलता गीत पुरस्कारतर्फ गीत रचना विधामा जसयोञ्जन प्यासी, संगीत रचनातर्फ हरि लम्साल, गायनतर्फ सुनिता सुब्बालाई सम्मान गरिएको छ । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार गायिका अस्मिता अधिकारीले पाएकी छिन् ।
२०७७ सालका लागि गीत रचना विधामा आनन्द अधिकारी, संगीत रचनातर्फ शान्तिराम राई र गायनतर्फ शम्भू राई पुरस्कृत भएका छन् । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार मिलन नेवारले पाएकी गुठीका सचिव दिनेश अधिकारीले जानकारी दिए ।














पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा
प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया