१४ वर्षीया बालिका बलात्कार प्रयास आरोपमा वडाध्यक्ष पक्राउ
मेरोन्यूज
२०७९ असार २९ गते ६:५०

काठमाडौं । बलात्कार प्रयास आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष पक्राउ परेका छन् । कैलाश-९ का वडाध्यक्ष भुवनसिं घलानलाई प्रहरीले पक्राउ गरेको हो ।
१४ वर्षीया बालिकाले बलात्कारको प्रयास गरेको जाहेरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता गरेपछि घलानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय हेटौंडाका घलानलाई शुक्रबार नै पक्राउ गरिएको हो । १८–१९ मा हेटौंडामा आयोजित राष्ट्रपति रनिङ सिल्डमा आएकी कैलाश गाउँपालिका–९ मा रहेको कालिका माविमा अध्ययनरत छात्रामाथि घलानले बलात्कार प्रयास गरेको आरोप छ ।
किशोरीले दिएको जाहेरीमा आफूसहित साथीहरू बसेको होटेलको कोठामा मध्यरातमा आएर वडाध्यक्ष घिसिङले आफूमाथि बलात्कार गर्न खोजेको आरोप लगाएकी छन् ।
सम्बन्धित
















अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया