सुँगुरको मुटु दुई जना ब्रेन डेड बिरामीमा सफलतापूर्वक प्रत्यारोपण

न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित एनवाईयू लेंगोन हेल्थका शल्यचिकित्सकहरूले आनुवंशिक रूपमा मोडिफाइ गरिएको सुँगुरको मुटु दुई जना ब्रेन डेड बिरामीहरूमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । जीवित व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको यो पहिलो सफल कार्य हो । विज्ञहरूका अनुसार यो चिकित्सा क्षेत्रका लागि उत्साहजनक कदम हो ।
यस सफल प्रत्यारोपणसँगै मानव अंगहरूको अभावलाई सम्बोधन गर्न सुँगुरका अंग प्रयोग गर्ने दीर्घकालीन लक्ष्यको एक कदमनजिक पुगेको अनुसन्धानकर्ताहरूले बताएका छन् । शल्यक्रियापछिका दिनमा मुटुले सामान्य काम गरेको चिकित्सकहरूले बताएका छन् ।जुन र जुलाईमा तीन दिनको प्रयोगमा अस्वीकारको कुनै संकेत नदेखिएको उनीहरूले बताएका छन् ।
यही मार्चमा एक ६७ वर्षीय पुरुषको हृदय रोगका कारण मृत्यु भएका थियो । मृत्यु हुनु दुई महिनाअघि उनले आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मुटु प्राप्त गर्ने पहिलो व्यक्तिको रूपमा इतिहास बनाएका थिए । उनको मेरील्याण्ड विश्वविद्यालयमा शल्यक्रियामार्फत सुँगुरको मुटु प्रत्यारोपण भएको थियो । उनका नयाँ मुटुले काम नगर्नुको कारण अहिले पनि प्रष्ट हुन सकेको छैन् ।
एनवाईयू लेंगोन इन्स्टिच्युटका मुटु प्रत्यारोपण सर्जिकल निर्देशक नादेर मोआजामीले प्रक्रियाको निरीक्षण गरेका छन् । इन्स्टिच्युटले भविष्यमा अंगहरूको प्रयोग गरेर क्लिनिकल परीक्षणसहित अगाडि बढ्ने आशा राखेको उनले बताए ।
एक विज्ञप्तिमा उनले भनेका छन्, ‘ मुटुको कार्य उत्कृष्ट थियो भनी बताउन पाउँदा मलाई खुसी लागेको छ । हामीले प्रत्यारोपणको समयमा केही प्राविधिक शल्य चिकित्सा परिमार्जन गर्नुपर्यो । ’
















सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया