८० राउण्ड गोलीसहित झापाका १८ वर्षीय युवक पक्राउ

बिर्तामोड । झापाका विभिन्न स्थानमा मोबाइल चोरीमा संलग्न भद्रपुर नगरपालिका–५ का १८ वर्षीय मोहमद प्यारेको साथबाट ८० राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
भद्रपुरमा राजु अग्रवालले सञ्चालन गरेको प्रियंका मोवाइल पसलमा विभिन्न कम्पनीका मोबाइल चोरी भएपछि प्रहरीले प्यारेको घरमा छापा मारेको थियो । प्रहरीले उनको घरमा गाडेको अवस्थामा सो परिणामको गोलीसहित विभिन्न कम्पनीका मोवाइल र चार्जर फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीमा ५ लाख १८ हजार २ सय रुपियाँ बराबरको सामान चोरी भएको भनी उजुरी परेको थियो । खोज्नेक्रममा उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको जनाएको छ ।
उनीबाट चोरिएका २९ थान मोबाइल, २ थान घडी र ६१ हजार ५०० रुपियाँ नगद र चोरीमा प्रयोग गर्ने रडलगायातका सामग्री फेला पारेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद गोली उनले भारतबाट ल्याएको वयान दिएका छन् ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया