८० राउण्ड गोलीसहित झापाका १८ वर्षीय युवक पक्राउ

बिर्तामोड । झापाका विभिन्न स्थानमा मोबाइल चोरीमा संलग्न भद्रपुर नगरपालिका–५ का १८ वर्षीय मोहमद प्यारेको साथबाट ८० राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
भद्रपुरमा राजु अग्रवालले सञ्चालन गरेको प्रियंका मोवाइल पसलमा विभिन्न कम्पनीका मोबाइल चोरी भएपछि प्रहरीले प्यारेको घरमा छापा मारेको थियो । प्रहरीले उनको घरमा गाडेको अवस्थामा सो परिणामको गोलीसहित विभिन्न कम्पनीका मोवाइल र चार्जर फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीमा ५ लाख १८ हजार २ सय रुपियाँ बराबरको सामान चोरी भएको भनी उजुरी परेको थियो । खोज्नेक्रममा उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको जनाएको छ ।
उनीबाट चोरिएका २९ थान मोबाइल, २ थान घडी र ६१ हजार ५०० रुपियाँ नगद र चोरीमा प्रयोग गर्ने रडलगायातका सामग्री फेला पारेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद गोली उनले भारतबाट ल्याएको वयान दिएका छन् ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया