भानु कपको उपाधि तनहुँ–११ लाई

तनहुँ । दुई सय नवौँ भानु जयन्तीको अवसरमा आयोजित भानु कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि तनहुँ–११ ले जितेको छ । भन्सार युवा क्लबको आयोजनामा भानु नगरपालिका–१ मा सम्पन्न फाइनल खेलमा सिद्धगुफा युवा क्लबलाई पराजित गर्दै तनहुँ–११ ले १५औँ भानु कपको उपाधि चुमेको हो ।
सिद्धगुफा युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै तनहुँ–११ ले उपाधिसँगै रु दुई लाख, ट्रफी र मेडल प्राप्त ग¥यो । उपविजेता सिद्धगुफाले रु एक लाख, ट्रफी र मेडल पायो । फाइनल खेल हेर्न झण्डै पाँच हजार दर्शक आएका आयोजक क्लबका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ३० समूह सहभागी थिए ।
फाइनल खेलको म्यान अफ दि म्याच सिद्धगुफाका सन्दीप थापा घोषित भए । प्रतियोगिताको सर्वाधिक गोलकर्ता तनहुँ–११ का दिपेश आले रहे । उनले प्रतियोगिताभर नौ गोल गरे । उत्कृष्ट गोलरक्षकको उपाधि तनहुँ–११ का प्रदीप भण्डारीले जिते भने अनुशासित क्लब मस्र्याङ्दी युवा क्लब गोरखा घोषित भयो । उत्कृष्ट खेलाडी तनहुँ–११ का रन्दीप पौडेल भए ।
प्रतियोगिताका विजेता टोली तथा खेलाडीहरुलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले पुरस्कार प्रदान गरे । भानु जयन्तीकै अवसरमा क्लबले बिहीबार आयोजना गरेको छेलो हान्ने प्रतियोगिताको उपाधि रामकुमार श्रेष्ठले जिते । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे । रासस
















आज सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया